बालकुमारी घटनाको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

काठमाडाैं | फागुन १४, २०८०

बालकुमारी घटनाको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

काठमाडौं:      सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ ।


मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो ।


मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’


बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।


साथै सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्